रोटरी क्लब अफ गण्डकीको हरितालिकासँगै इनरह्वील अभिमुखीकरण कार्यक्रम

पाेखरा | भदौ २८, २०८०

रोटरी क्लब अफ गण्डकीको हरितालिकासँगै इनरह्वील अभिमुखीकरण कार्यक्रम

पोखराः  रोटरी क्लब अफ गण्डकीले हरितालिका तीजको अवसरमा चेलीबेटीहरुलाई दर खाने कार्यक्रमसँगै इनरह्वील अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । 

 

सामाजिक सेवामा क्रियाशिल रहेको रोटरी क्लब अफ गण्डकीले हरितालिका तीजको अवसरमा चेलीबेटीहरुलाई दर खुवाउने कार्यक्रमको आयोजना गर्दै इनरह्वील सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । 

 

इनरह्वीलले तीनवटा उद्धेश्यलाई  आत्मसाथ गर्दे , ‘इनरह्वीलले साँचो मित्रतालाई प्रवद्र्धन गर्ने, व्यक्तिगत सेवा र क्षमता विकासको आदर्शलाई प्रोत्साहन गर्ने र अन्तर्राष्ट्रिय समझदारी र  भाइचाराको विकासलाई बढावा दिदैं आएको छ ।

 

इनरह्वील आन्दोलनका संस्थापक श्रीमती मार्गरेट गोल्डिङ, एक नर्स व्यवसायी महिला र म्यानचेस्टरकी पत्नी रोटेरियन, इनरह्वीलले आन्दोलन सुरु गरेका थिए ।

 

इनरह्वीलको  औपचारिक स्थापना इनरह्वील क्लब अफ म्यानचेस्टर १० जनवरी १९२४ मा सम्पन्न भएको थियो ।

 

अहिले १० जनवरीलाई विश्वभरका क्लबहरुले विश्व इनरह्वील दिवसका रुपमा मनाउँदै आएका छन् । रोटरी क्लबका सदस्यहरुका स्पाउस र नर्स पेशामा आवद्ध महिलाहरु द्धारा गठन गरिएको यस क्लबमा हाल १८ वर्ष उमेर पुगेका सबै महिलाहरु यस क्लबको सदस्यता लिन सक्ने इनरह्वील क्लब अफ गण्डकीका संयोजक शकुन्तला श्रेष्ठले जानकारी गराइन् ।

 

इनरह्वील क्लव गठन संगै रोटरीले स्वार्थ भन्दा माथि उठेर सामाजिक सेवा गर्ने आर्दशलाई थप टेवा पुग्ने रोटरी क्लब अफ गण्डकीका अध्यक्ष किसान सुनारे बताए । हाल संसार भर १०२ मुलुकमा  १ लाखभन्दा बढि सदस्यहरु यस क्लबमा आवद्ध रहेका छन । यो संसारकै ठुलो अन्तर्राष्ट्रिय  महिलाहरुको संस्था हो यस इनरह्वील क्लबले संयुक्त राष्ट्र संघमा समेत प्रतिनिधित्व गर्ने गर्दछ ।

काठमाडौं: २०८२ साल फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बन्दसूचीमा समावेश भएका उम्मेदवारले सोमबार नाम फिर्ता लिन सक्ने बताइएको छ।  समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् । आइतबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गरिएको थियो । बन्दसत्र भने भोलि (सोमबार) हुनेछ ।&nb...

थप पढ्नुहोस्

पोखरा:   युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ ।   अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...

थप पढ्नुहोस्